नेपालगन्ज: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको २० औं स्थापना दिवसको अवसरमा जिल्ला कमिटी बाँकेले रक्तदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा ३२ जना रक्तदाताको रक्तदान गरेको बाँके अध्यक्ष राजन कुमार शाहीले जानकारी दिए ।
अध्यक्ष शाहीले संगठनको २० वर्षे यात्रा सहज र सरल नभए पनि बिभिन्न कालखण्डहरू पार गर्दै अग्रजहरू हरूको महत्वपूर्ण योगदान संगै सबैको साझा संघर्ष, ऐक्यबद्धता र समर्पणले संगठनले यो उचाई हासिल गरेको बताए ।
उनले भने- “रक्तदान जीवनदान हो”हामी स्वास्थ्यकर्मीहरू कुराको मर्म सबैभन्दा गहिरो रूपमा बुझ्ने वर्ग हौं । हामी मात्र होइन, समाजका हरेक नागरिकलाई यो जिम्मेवारी बोध गराउनु आजको दिनको मुख्य सन्देश हो।´
रक्तदान कार्यक्रममा संगठन पुर्व केन्द्रिय अध्यक्ष राम बहादुर चन्द, नेकपा एमाले बाँके अध्यक्ष निरक गुरुङ, स्वास्थ्य विभाग ईन्चार्ज कुश्माखर बस्याल, संगठन केन्द्रिय सदस्य, प्रदेश सदस्यले शुभकामना दिएका थिए ।