भारतबाट फर्किने नेपालीमा बढ्यो कोरोना सङ्क्रमण

    • स्वास्थ्य पेज

  • २८ जेष्ठ २०८२, बुधबार

नेपालगन्जः पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरुमा दिनहुँ संक्रमण देखिन थालेको हो। नाकामा रहेका हेल्थ डेस्कहरूमा पर्याप्त कीट नहुँदा परीक्षण हुन सकेको छैन।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार पनि सुदूरपश्चिममा भारतबाट आएका दुई जनामा संक्रमण पुष्टि भएको छ।

निर्देशनालयका अनुसार गौरीफन्टा र झुलाघाट नाकामा एकएक जनामा संक्रमण देखिएको हो। सुदूरपश्चिमका विभिन्न नाकाबाट ६४३ जना नेपाल भित्रिएका थिए। जसमध्ये १४ जनाको परीक्षण गरिएकोमा दुई जनामा संक्रमण पुष्टि भएको हो।

गड्डाचौकी नाका भारतको राजधानी दिल्लीबाट सबैभन्दा नजिकको नाका हो। यही नाका भएर भारतका विभिन्न ठाउँका लागि नेपाल–भारतमैत्री बसहरु लागि सञ्चालनमा छन्। परीक्षण कीट नहुँदा यात्रुको स्वास्थ्य परीक्षण गर्न सकिएको छैन।

  • २८ जेष्ठ २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech