हुम्लाः हुम्लाको खार्पुनाथ गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । यस आर्थिक वर्षका लागि खार्पुनाथ गाउँपालिकालाई खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सबै स्वास्थ्य संस्थाले ५ वटै वडाका बस्तीमा बालबालिकालाई खोप लगाउने कार्य पूरा भएपछि खार्पुनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित गरिएको स्वास्थ्य शाखा प्रमुख हरीभक्त शाहीले बताए।