ब्रिनोजको आयोजनामा नरैनापुरमा निःशुल्क प्राथमिक कान उपचार शिविर हुँदै

    • स्वास्थ्य पेज

  • २५ जेष्ठ २०८२, आईतवार

नेपालगन्जः बाँकेको राप्तीपारी नरैनापुर गाउँपालिकामा निःशुल्क प्राथमिक कान उपचार शिविर बस्ने भएको छ । ‘बहिरोपन निवारण कार्यक्रममा सहभागी बनौं, आफ्नो परिवारलाई बहिरो हुन बाट जोगाऔं’ भन्ने नाराका साथ यही जेष्ठ २७ गतेदेखि शिविर हुन लागेको हो ।

ब्रिनोन कान स्वास्थ्य सामुदायिक सेवा फुल्टेक्रा ५ नेपालगन्ज बाँकेको आयोनना तथा नरैनापुर गाउँपालिकासँगको समन्वयमा कान स्वास्थ्य सम्वन्धी समस्या भएका बिरामीलाई लक्षित गरेर शिविर हुन लागेको ब्रिनोजका आउट रिच इन्चार्ज भीषण थारुले जानकारी दिए ।

उनका अनुसार २७ गते कटकुईया स्वास्थ्य चौकीदेखि शिविरको सुभारम्भ हुनेछ । त्यसपछि २८ गते लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र, २९ गते कालाफाँटा स्वास्थ्य चौकी, ३० गते नरैनापुर स्वास्थ्य चौकीमा शिविर बस्नेछ । त्यसैगरी असार १ गते मटेहिया स्वास्थ्य चौकी र असार २ गते गंगापुर स्वास्थ्य चौकीमा शिविर बस्ने पनि उनले जानकारी दिए ।

विहान १० बजेदेखि दिउँसो २ बजेसम्म चल्ने शिविरमा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई विशेष छुटको व्यवस्था मिलाइएको पनि उनले जानकारी दिए । शिविरमा नाम दर्ता र आवश्यक औषधी भने निःशुल्क वितरण हुने आउट रिच इन्चार्ज थारुको भनाइ छ ।

  • २५ जेष्ठ २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech