नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाले बिधालयम गर्मी बिदा दिएको छ ।
आइतबारदेखि लागू हुने गरि एक हप्ताको लागि गर्मी बिदा दिइएको उपमहानगरले जनाएको छ ।
आज एउटा सुचना निकालेर २५ गते आइतबारदेखि ३० गतेसम्म बिदा दिइएको जनाएको छ ।
गर्मीका कारण बिद्यार्थीहरुमा स्वास्थ्य समस्या पर्न थालेपछि बिदा दिनु परेको उपमहानगरपालिकाले जनाएको छ ।