नेपालगन्जः नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले प्रकाशन गरेको २०८२ सालको भित्तेपात्रो पनि विमोचन गरेका छन् ।
नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को तेस्रो क्षेत्रीय सम्मेलनमा महाममन्त्री थापाले भित्तेपात्रो विमोचन गरेका हुन् ।
सम्मेलनमा स्वास्थ्यकर्मी संघ बाँकेको टोलीले ३२५ जनाको निः शुल्क चेकचाँच गरेको थियो । ब्लड प्रेसर, सुगर, तौल लगायत परीक्षण गरिएको थियो ।