पहिरोले पुल बगाएपछि लिमीको तील गाउँमा यसरी लगियो औषधी र खोप

    • स्वास्थ्य पेज

  • १९ जेष्ठ २०८२, सोमबार

हुम्लाः गत जेठ १ गते राति पहिरो गएपछि औषधी र खोप अभाव भएको नाम्खा गाउँपालिका–६ हिमालपारि लिमीको तील गाउँमा औषधी र खोपको जोहो गरिएको छ ।

पहिरोले पुल बगाएपछि आवतजावतमा नै समस्या भएको थियो । स्वास्थ्यकर्मी र स्थानीयवासीको सहयोगमा खोलामा वारिबाट पारी सामाग्री जोखिमसाथ तारेर औषधी र खोप पुर्‍याइएको हो ।

उक्त गाउँ प्रवेश गर्ने खोला तर्ने काठे पुल पहिरोले बगाएपछि सो गाउँ पुगेर उपचार गर्नका लागि गएका स्वास्थ्यकर्मीहरूले जसोतसो खोला पार गरेर औषधी लग्नुपरेको छ ।

नाम्खा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ग्याछो लामाले तील खोलामा काठे पुल पहिरोले बगाएको कारण तील गाउँवासीको स्वास्थ्य चेकजाँच गर्न गएको टोली आफ्नै जुक्ति लगाएर औषधी तथा खोप सामाग्री पार गराउन सफल भएको बताए ।

उपचार गर्न तील गाउँ जाने क्रममा पुल नभएको तील खोलामा एक जना वारि पट्टी र अर्को जना अर्को पट्टी बसेर औषधीलाई खोला पार गराउन सफल भएको उनले बताए ।

यसरी स्वास्थ्यकर्मीहरूले औषधीलाई खोला पार गर्न लगाएर तील गाउँ पुर्‍याउनु भएका थियो । तील पुगेपछि दुई जना बालबालिकालाई खोप लगाउने कार्य भएको थियो भने अन्य सबै गाउँवासीको स्वास्थ्य परीक्षण गरिएको उनले बताए।

त्यसैगरी स्वास्थ्य सम्बन्धि मनोपरामर्स पनि स्थानीयवासीसँग गरिएको थियो । महामारीजन्य रोग नियन्त्रण तथा रोकथामको कार्य पनि गरिएको थियो ।

स्थानीयसँग स्वच्छ खानेपानी, खानेकुरा, सरसफाइ तथा मानसिक डर त्रास सम्बन्धी स्वास्थ्य शिक्षा प्रदान गरिएको थियो । त्यसैगरी स्वास्थ्यकर्मीहरूको टोलीले पोषण लेखाजोखा गर्ने कार्य पनि गरेका थिए ।

  • १९ जेष्ठ २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech