योग समिति नेपालको ४१औं योग केन्द्रको उद्घाटन

    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०८२, बिहीबार

नेपालगन्ज: २०७६ सालमा दर्ता भएर नेपालगञ्जस्थित केन्द्रिय कार्यालय रहेको योग समिति नेपालको ४१औं योग केन्द्र बर्दियाको बढैयातालमा उद्घाटन गरिएको छ । प्रमुख अतिथि बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी अधिकारीले योग केन्द्रको उद्घाटन गरिन् ।

योग समिति नेपालका परिकल्पनाकार एवं योग गुरु आयुर्वेदाचार्य गिरीराज शर्मा भट्टराईको अध्यक्षतामा भएको उक्त उद्घाटन कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष तेजनाथ पौडेल लगायतको उपस्थिति थियो । नगेन्द्रमणि खड्काले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव चिरञ्जीवी ज्ञवालीले गरेका थिए । कार्यक्रमको उद्देश्यमाथि योग प्रशिक्षक कला अर्याल रेग्मीले प्रकाश पारेकी थिइन् भने कार्यक्रममा योग गुरु आयुर्वेदाचार्य भट्टराईले उर्जाशील प्रवचनसहित योगासन, सुष्म क्रिया, प्राणायाम र ध्यानको माध्यमबाट उपस्थित सम्पूर्णलाई प्रेरित गरेका थिए ।

त्यसक्रममा ४१औं योग केन्द्र व्यवस्थापन समिति समेत गठन गरिएको छ । प्रमुख संयोजक योग प्रशिक्षक रेग्मी, संयोजक डम्बर बहादुर पौडेल तथा सदस्यहरूमा भगवती  पौडेल, हरि दाहाल, सरस्वती सापकोटा, रक्षा अधिकारी, सुदिप सापकोटा, दिपा बास्तोला, सुदिप कर्ण, तारा अधिकारी छन् । यसैगरी सल्लाहकारहरूमा लक्ष्मी अधिकारी (गाउँपालिका उपाध्यक्ष), तेजनाथ पौडेल (वडा अध्यक्ष), नगेन्द्र मणि खड्का, उद्धव सापकोटा, हरि बहादुर अधिकारी र गोकर्ण रेग्मी रहेको योग समिति नेपालका उपाध्यक्ष लोकमाया सुवेदी (सुमित्राले) बताइन् ।

 

  • १५ जेष्ठ २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech