चालु आर्थिक वर्षमा ४ करोड ५२ लाख पटक स्वास्थ्य सेवा प्रदान

    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०८२, बिहीबार

काठमाडौं: सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट आर्थिक वर्ष २०८१–०८२ को फागुन महिनासम्म कुल ४ करोड ५२ लाख ४२ हजार पटक स्वास्थ्य सेवा प्रवाह भएको छ ।

आर्थिक सर्वेक्षण २०८१–०८२ अनुसार अन्तरंग, बहिरंग र आकस्मिक सेवा गरी जम्मा ४ करोड ५२ लाख ४२ हजार पटक सेवा प्रदान गरिएको हो ।

यो संख्या गत आर्थिक वर्ष २०८०–८१ को सोही अवधिको तुलनामा केही कम रहेको छ । गत आर्थिक वर्षको फागुनसम्म ४ करोड ६० लाख पटक स्वास्थ्य सेवा प्रवाह भएको थियो ।

यसरी हेर्दा चालु आर्थिक वर्षमा लगभग ७ लाख ५८ हजार पटक कम सेवा प्रवाह भएको देखिन्छ ।

  • १५ जेष्ठ २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech