नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा सरसफाई गरिएको छ । गणतन्त्र दिवसको पूर्वसन्ध्यामा अस्पताल परिसरमा सरसफाई गरिएको अस्पतालले जानकारी दिएको छ ।
सरसफाई कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
गणतन्त्र दिवस भोलि मनाइँदै छ । सरकारले सार्वजनिक विदा पनि दिएको छ ।