गणतन्त्र दिवसमा काँग्रेस बाँकेद्धारा रक्तदान कार्यक्रमको आयोजना

    • स्वास्थ्य पेज

  • १४ जेष्ठ २०८२, बुधबार

नेपालगन्जः नेपाली काँग्रेसले भोली नेपालगन्जमा वृह्त रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

गणतन्त्र दिवसको अवसरमा मानवीय सेवा अन्तर्गत वृह्त रक्तदान कार्यक्रमको आयोजना गरिएको पार्टी सचिव शुधान्शु कोइरालाले जानकारी दिए ।

भेरी अस्पतालस्थित रक्तसंचार केन्द्रमा विहान ८ बजे रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

पार्टी सभापति नारायण प्रसाद गौडेलले रक्तदान कार्यक्रममा सहभागि हुन र रक्तदान गर्न पार्टीका सम्पूर्ण कार्यकर्ताहरुलाई आव्हान गरेका छन् ।

  • १४ जेष्ठ २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech