भारतमा तीब्र गतिमा फैलिँदै कोरोना

    • स्वास्थ्य पेज

  • १२ जेष्ठ २०८२, सोमबार

नेपालगन्ज: भारतका १६ राज्यमा कोरोना संक्रमण देखा परेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ती राज्यहरूमा कोभिड-१९ बाट एक हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित पुष्टि भइसकेको छ ।

मन्त्रालयका अनुसार भारतभरि कुल १ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार सबैभन्दा बढी कोरोना संक्रमित केरला राज्यमा देखा परेका छन् । जहाँ ४०३ जना सक्रिय संक्रमित छन् ।

यसैगरी महाराष्ट्रमा ४३०, दिल्लीमा १०४, गुजरातमा ८३, तमिलनाडुमा ६९, कर्नाटकमा ४७ जना संक्रमित फेला परेका छन् ।यसैगरी उत्तर प्रदेशमा १५, राजस्थानमा १३, पश्चिम बंगलामा १२, हरियाणामा र पुडुचेरीमा ९/९, आंध्रप्रदेशमा ४, मध्यप्रदेशमा २, तेलंगाना, गोवा र छत्तिसगढमा १/१ जना संक्रमित फेला परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कोरोना संक्रमणको बढ्दो जोखिमको बारेमा कर्नाटकका स्वाथ्यमन्त्री दिनेश गुन्डु रावले यसबारे धेरै चिन्ता लिनु नपर्ने बताउँछन् । उनले भने, ‘दक्षिण पूर्वी एसियाली देशहरूमा कोरोना महामारी बढिरहेको सुनेको छु । यो संक्रमण त्यति धेरै जोखिमयुक्त छैन ।

भातरमा देखा परिरहेको कोरोना संक्रमण पनि हल्का प्रकारको हो ।’महाराष्ट्र र अन्य केही ठाउँहरूमा केही मानिस मृत्यु भएको खबर बाहिर आएका छन्, तर ती मानिसको मृत्यु कोभिड-१९ सँग प्रत्यक्ष रूपमा सम्बन्धित छैनन् ।

यी केसहरूमा अन्य रोगहरू पनि थिए, उनले भने । तर पनि संक्रमणबारे सतर्क रहनुपर्ने उनको भनाइ छ । कोरोना जोखिमबारे निगरानी बढाइएको र केही सावधानीहरू पनि अपनाउने काम भएको उनले बताए ।

  • १२ जेष्ठ २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech