भेरी अस्पतालमा सर्पदंशका बिरामीको उपचारका क्रममा मृत्यु

    • स्वास्थ्य पेज

  • १० जेष्ठ २०८२, शनिबार

नेपालगन्जः बर्दियामा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । सर्प टोकाइबाट मधुवन नगरपालिका–१ पत्थरबोझीकी ३८ वर्षीया हिरा थारूको मृत्यु भएको हो । थारूलाई गत बिहीबार खेतमा काम गरिरहेको समयमा सर्पले टोकेको थियो । सर्पले टोकेपछि उपचारका लागि बर्दिया अस्पताल लागिएको थियो ।

बर्दिया अस्पतालमा उपचार सम्भवन नभएपछि नेपालगन्जको भेरी अस्पतालमा रिफर गरिएको थियो । भेरी अस्पतालमा उपचारको क्रममा थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डम्बरपालले जानकारी दिए ।

अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका अस्पताल थारूलाई भेरी अस्पताल नेपालगन्जमा रिफर गरिएको अस्पताल मेडिकल रेकर्डर केशव न्यौपानेले बताए ।

थारूको उपचारको क्रममा शुक्रबार दिउँसो १२ बजेर २० मिनेटमा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक डम्बरपालले जानकारी दिए ।

  • १० जेष्ठ २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech