बेलहरी र खजुराखुर्दमा निःशुल्क कान शिविर

    • स्वास्थ्य पेज

  • १० जेष्ठ २०८२, शनिबार

नेपालगन्जः बाँकेको जानकी गाउँपालिकास्थित बेलहरी र खजुराखुर्दमा निःशुल्क कान शिविर गरिएको छ । बेलहरी स्वास्थ्य चौकीमा शुक्रबार निःशुल्क प्राथमिक कान शिविर सुरु सम्पन्न भएको हो ।

जानकी गाउँपालिकाको आयोजना तथा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलटेक्राको प्राविधिक सहयोगमा जानकी गाउँपालिकामा ६ वटै वडामा आयोजित शिविर अन्तर्गत वडा नं.५ बेलहरी स्वास्थ्य चौकीमा भएको हो ।

शिविरमा ७० जनाको कानको निःशुल्क चेकजाँच गरिएको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका आउट रिच इन्चार्ज भीषण थारुले जानकारी दिए । उनका अनुसार पुरुष २३ र महिला ३७ जना थिए । ती मध्ये ५ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेकाले रिफर गरिएको उनले बताए ।

त्यसैगरी वडा नं.४ स्थित खजुराखुर्द स्वास्थ्य चौकीमा पनि शिविर गरिएको छ । उक्त शिविरमा ११० जनाले कानको चेकजाँच गराएका थिए । शिविरमा आएका मध्ये ५३ जना महिला र ५७ जना पुरुष रहेका छन् ।

८ जनालाई भने थप उपचारका लागि रिफर गरिएको वरिष्ठ कान सहायक चिकित्सक समेत रहेका इन्चार्ज थारुले जानकारी दिए । उनीसँगै कान सहयाक चिकित्सक दामोदर चौधरी र सीता चौधरीले बिरामीहरुको कानको चेकजाँच गरेका थिए ।

  • १० जेष्ठ २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech