गुमेको दृष्टि शिविरले खोल्यो

    • स्वास्थ्य पेज

  • ८ जेष्ठ २०८२, बिहीबार

नेपालगन्ज: बाँकेको राप्तीसोनारी गाउँपालिका –६ फत्तेपुर सिधनवाका लोहर्निया थारु (७४) र उनका श्रीमान जालुराम थारु(७४) को राप्ती नदिले जमिन बगाएर लग्यो । घरमा आर्थिक अवस्था कमजोर हुँदा उनिहरुलाई चिकित्सकले चैत्रको पहिलो हप्ता आँखाको अप्रेशन गर्न बोलाएकोमा जान सकेनन् । जालुरामकी श्रीमती लोहर्निया प्रेसरले हानेर प्यारालाइसिसको सिकार भएको १५ वर्ष भैसकेको छ । वर्ष दिन बढि भैसकेको थियो राम्रो संग आँखा नदेखेको । उनिहरु गाउँमै निःशुल्क शिविर सन्चालन भएको थाहापाएपछि डेढ किलोमिटर ह्यील चियर गुडाउँदै आधारभुत स्वास्थ्य सेवा केन्द्र, कमैयाडाँडा पुगे ।

शिविरमा आँखाको चेकचाँज भएपछि मोतियाविन्दुको अप्रेशन नेपालगन्ज स्थित फत्तेबाल आँखा अस्पतालमा निःशुल्क भयो । पहिले राम्रै देख्थे, त्यसपछि मधुरो देख्ने गरेका थारु दम्पतीले नजिकै बोलेपछि मात्र थाह पाएजस्तो हुने थियो अहिले देखाईमा सहजता भएको छ । शिविरमा नआएको भए उनिहरु अस्पताल जाने अवस्थामा थिएनन् । राप्ती सोनारी सिद्धेश्वर स्कुल अगाडी (कल्मीको विरुवा नजिकै ) बस्ने मङगुरु थारु(६१) राईसमिलका मिष्त्री हुन । दुई वर्षदेखि आखाँमा मोतियाविन्दु भएपछि उनले काम गर्न छाड्न प¥यो ।

बाटोतिर हिड्न पनि डर लाग्छ उनलाई । गाडिले हान्छकी भनेर । नेपाल नेत्रज्योती संघ, फत्तेवाल आखाँ अस्पताल र रुइत फाउण्डेसन काठमाडौको सयुक्त सहकार्यमा संचालित निःशुल्क आखाँ शिविरबाट मङगुरु थारुको पनि दृष्टि फर्कियो । कमैया बस्तीका वर्ष ५० का विश्नी चौधरीको पिडा पनि कमको छैन । विश्नीले दुबै आँखा देख्न छाडेको १२ वर्ष भैसकेको थियो । त्यसैमा प्रेसरको बिरामी । पहिले निधार दुख्थो, पछि चस्मा पनि लगाए, विस्तारै देख्न छाडेको विश्नीले बताइन् । ज्याला मजदुरी गरेर आफ्नो पेट पाल्ने उनिहरुलाई अस्पताल सम्म गएर उपचार गर्न ठुलै पहाड फोड्ने जस्तै हुन्छ ।

यि त केहि विरामी मात्र हुन जुन यहाँ उल्लेख गरिएको छ । शिविरका माध्यमबाट राप्तीसोनारीमा १५ सय बढि आखाँको विरामीलाई मोतियाविन्दुको पहिचान, सामान्य विरामीलाई तत्कालै औषधि उपचार प्रदानका साथै अप्रेशन गर्न मिल्नेहरुलाई अप्रेशनको व्यवस्थापन गरिएको थियो । लामो समयदेखी बाँकेमा मात्र नभएर देखका विभिन्न जिल्लाका विकट स्थानहरुमा शिविरका माध्यमबाट रुइत फाउण्डेसन काठमाडौले मोतियाबिन्दु भएका उपचार गर्न कठिन अवस्थामा रहेका विरामीहरुलाई निशुल्क अप्रेशनको व्यवस्थापन गर्दै आइरहेको छ । बाँकेमा मात्रै चालु आर्थिक वर्षमा नेपाल नेत्रज्योती संघ, फत्तेवाल आखाँ अस्पताल र रुइत फाउण्डेसन काठमाडौको सयुक्त सहकार्यमा संचालित निःशुल्क आखाँ शिविरबाट ५ हजार बढिले आँखा परिक्षण गरिसकेका छन ।

  • ८ जेष्ठ २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech