लुम्बिनीको नीति कार्यक्रमः स्वास्थ्यका के-के विषय समेटिए ?

    • स्वास्थ्य पेज

  • ५ जेष्ठ २०८२, सोमबार

नेपालगन्जः लुम्बिनी प्रदेश सरकारले आज आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले सोमबार प्रदेशसभा भवन देउखुरीमा प्रस्तुत गरेको सरकारको आगामी आव २०८२/०८३ को नीति कार्यक्रममा स्वास्थ्यका विभिन्न विषयलाई समेटिएको छ ।

राप्ती प्रादेशिक अस्पताललाई स्तरोन्नति गरी २ सय शैयामा विकास र विस्तार, लुम्बिनी प्रदेश मानसिक स्वास्थ्य तथा मनोसामाजिक उपचार रणनीति २०८१–२०८६ लाई प्रभावकारी कार्यान्वयन गर्ने नीति पनि सरकारले अघि सारेको छ ।

सरकारले आगामी वर्षदेखि मानसिक स्वास्थ्यका लागि मुख्य प्राथमिकतामा राखेर योग, ध्यान, सकारात्मक सोच विकास र सामाजिक परामर्शका कार्यक्रम गर्ने उल्लेख गरेको छ ।

मुटुको भल्भ, क्यान्सर रोगको उपचारका लागि प्रतिव्यक्ति २ लाख सहयोग गर्ने भएको छ । आँखाको नानी प्रत्यारोपणका लागि पनि सरकारले सहयोग गर्ने भएको छ । महिला, बालबालिकाको स्वास्थ्य तथा पोषणका लागि पनि सरकारले प्राथमिकता दिएको छ ।

प्रदेशमा सञ्चालित मेडिकल कलेज, अस्पतालहरूमा विपन्न नागरिकका लागि निःशुल्क बेड तथा उपचारको व्यवस्था, सर्पदंश उपचार सेवाको विस्तार, स्वास्थ्यका कार्यक्रमहरूलाई विद्यालय र समुदाय तहसम्म अभियानका रूपमा लैजाने नीति पनि प्रदेश सरकारले अघि सारेको छ ।

  • ५ जेष्ठ २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech