भोक लाग्दा पनि खाएन भने हुन्छ ?

    • स्वास्थ्य पेज

  • ५ जेष्ठ २०८२, सोमबार

नेपालगन्जः भोक लागेको बेला नखाँदा गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । धेरै मानिसहरू कामको चाप, तौल घटाउने प्रयास आदिकै कारण भोक लागेर पनि खाँदैनन् ।

तर यो बानीले शरीरमा नकारात्मक असर पार्न सक्छ । शरीरमा ऊर्जाको स्तर कम हुने, मेटाबोलिजम सुस्त हुने, पोषक तत्त्वको अभाव, रगतमा चिनीको मात्रा कम हुन्छ र मानसिक थकान जस्ता समस्याहरू आउन सक्छन् ।

लामो समयसम्म भोकै बस्दा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ र धेरै रोगहरूको जोखिम बढ्न सक्छ । कतै तपाईँले पनि यस्तै खालका गल्ती त गरिरहनु भएको छैन । छ भने तुरुन्तै यस्ता बानी छोड्नुहोस् अनि नियमित सन्तुलित आहार लिनुहोस् ।

आजको यस लेखमा हामी भोक लाग्दा पनि नखाँदा शरीरमा हुन सक्ने हानिबारे कुराकानी गर्नेछौँ ।  भोक लागेको बेला नखाँदा शरीरलाई आवश्यक पोषण र ऊर्जाबाट वञ्चित भइन्छ, जसले गर्दा थकान, कमजोरी र चक्कर लाग्ने जस्ता समस्याहरू निम्त्याउन सक्छ ।

मेटाबोलिज्म सुस्त हुन्छ

भोक लागेको बेला पनि खाना खाइएन भने तपाईंको मेटाबोलिज्म सुस्त हुन सक्छ, जसले गर्दा तौल बढ्ने सम्भावना धेरै हुन्छ ।

पोषक तत्त्वको अभाव

बेलैमा खाना नखाँदा शरीरलाई भिटामिन, खनिज र अन्य आवश्यक पोषक तत्त्वहरू प्राप्त हुँदैन, जसले गर्दा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ । यसले उल्टै कपाल झर्ने, छालाको समस्या र हड्डी कमजोर हुने जस्ता समस्याहरू निम्त्याउन सक्छ ।

रगतमा चिनीको मात्रा घट्न सक्छ

भोकलाई बेवास्ता गर्दा रगतमा चिनीको मात्रा कम हुन सक्छ, जसले गर्दा चिडचिडापन बढ्ने, मुड स्विङ हुने र तनाव उत्पन्न हुन पनि सक्छ ।

पाचन प्रणालीमा असर 

लामो समयसम्म भोकै बस्दा पाचन प्रणाली कमजोर हुन सक्छ, जसले कब्जियत, एसिडिटी र ग्यास जस्ता समस्याहरू बढाउन सक्छ ।

मानसिक स्वास्थ्यमा प्रभाव

भोक लागेको बेला नखाँदा मस्तिष्कले आवश्यक ग्लुकोज पाउँदैन, जसले गर्दा ध्यान केन्द्रित गर्न कठिनाई हुन्छ, मानसिक थकान उत्पन्न हुन्छ र तनाव बढ्न सक्छ ।

खानपीनको बानीलाई यसरी सच्याउनुस् 

-नियमित अन्तरालमा खानुहोस् ।

-हरेक ३–४ घण्टामा केही स्वास्थ्यकर खानुहोस् ।

-सन्तुलित आहार लिनुहोस् ।

-आफ्नो खानामा प्रोटिन, फाइबर र स्वास्थ्यकर बोसो समावेश गर्नुहोस् ।

-पर्याप्त पानी पिउनुहोस् ।

-शरीरले राम्रोसँग काम गर्न सकोस् भनेर पर्याप्त पानी पिउनुहोस् ।

-भोकलाई बेवास्ता नगर्नुहोस् ।

-शरीरको आवश्यकता बुझ्नुहोस् अनि सही समयमा खाना खानुहोस् ।

 

  • ५ जेष्ठ २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech