छालामा एलर्जीको समस्या भएकाले के नखाने ?

    • स्वास्थ्य पेज

  • ५ जेष्ठ २०८२, सोमबार

एजेन्सी: सोरियासिस छालामा हुने एक प्रकारको रोग हो। यो एक अटो इम्युन रोग हो जसमा छालाको कुनै पनि भागमा रातो हुने, सुन्निने र चिलाउने हुन्छ।

यो प्रायः घुँडा, कुहिनो र पछाडि ढाडमा हुन्छ। विज्ञहरूका अनुसार सोरियासिसका एक तिहाइ बिरामीलाई डिप्रेसन र एन्जाइटीजस्ता मानसिक समस्या हुने गर्छ। सामान्यतया मानिसहरूले यसलाई छालाको सामान्य समस्या सोचेर बेवास्ता गर्छन् । तर यो शरीरभरी फैलिन सक्छ।

सोरियासिस निको नहुन सक्छ। तर उपचारसँगै खानपानमा केही परिवर्तन गरेर सोरियसिसलाई बढ्नबाट रोकथाम गर्न सकिन्छ। सोरियासिस भएका बिरामीले केहीखाना खानबाट बच्नुपर्छ । यस्ता छन् सोरियासिसको समस्या भएका मानिसले खान नहुने आठ कुरा

  •  होल मिल्क
  •  चिज
  •  प्रशोधन गरिएका खाना जस्तै जङ्क फुड, प्याकेज्ड फुड, प्रसोधित मासु आदि
  •  रातो मासु
  •  ग्लुटेन युक्त खाद्यान्न
  •  रक्सी
  •  कफी, सफ्ट ड्रिङ्क, एनर्जी ड्रिङ्क
  •  चकलेट

यस्ता खानाको सेवनले सोरियासिसको लक्षणहरू पनि बढाउन सक्छ। त्यसैले सोरियासिसको समस्या भएका मानिसले छालाबिनाको कुखुराको मासु, माछा जस्ता लिन मिटको सेवन गर्न सकिन्छ। साथै, ताजा फलफूल, तरकारी र सम्पूर्ण अन्नको सेवन गर्नु उचित हुन्छ।

  • ५ जेष्ठ २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech