दाङमा बढ्दै वंशाणुगत सिकलसेल एनिमियाका बिरामी

    • स्वास्थ्य पेज

  • ४ जेष्ठ २०८२, आईतवार

घोराहीः दाङमा सिकलसेल एनिमियाका बिरामी बढ्दै गएका छन् । परीक्षण र स्क्रिनिङको दायरा विस्तार हुँदै जाँदा बिरामीको पहिचान हुने क्रम बढ्दै गएको हो । जिल्लामा सिकलसेल एनिमिया रोग पहिचान भएका करिब सात सय बिरामीमध्ये राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट तीन सय बढी बिरामीले नियमित उपचार सेवा लिँदै आएका छन् ।

अन्य बिरामीले राप्ती प्रादेशिक अस्पतालसँगै जिल्लाबाहिरका अस्पतालबाट समेत उपचार लिने गरेका छन् । सिकलसेलको समस्या देखिएका चार जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । राप्ती प्रादेशिक अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. रविन गौतमले अधिकांश थारू समुदायमा देखिएको सिकलसेल एनिमिया दाङमा एक जना गैरथारू समुदायका व्यक्तिमा पनि देखिएको बताए ।

सिकलसेल एनिमियाका बिरामीको यकिन तथ्याङ्क नभए पनि परीक्षणका क्रममा नयाँ बिरामीको संख्या थपिने व्रmम भइरहेको बताए । जिल्लामा बिरामीको तथ्याङ्क पहिचान नहुँदा उपचारमा समस्या भइरहेको भन्दै कन्सल्टेन्ट फिजिसियन डा. गौतमले भने, “बिरामीको यकिन तथ्याङ्क भइदिए काउन्सिलसँगै उपचार गर्न सहजता हुने थियो । जसले गर्दा अरूमा रोग सर्न सक्ने जोखिम कम हुने थियो ।”

गौतमले यसका लागि स्थानीय सरकारले विशेष कार्यव्रmम बनाएर लाग्न आवश्यक रहेको बताए । कन्सल्टेन्ट फिजिसियन डा. गौतमले हेमोग्लोबिनोप्याथी सिकलसेल/बिटाथालेसिमिया/हेमोफिलियाका बारेमा विस्तृतमा जानकारी गराउँदै समुदायस्तरमा परीक्षणको दायरा बढाउन नसक्दा समुदायमा जोखिम कायमै रहेको बताएका थिए ।

स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले गत वर्ष जिल्लाका सात पालिकामा दुई हजार ५८५ जनाको स्व्रिmनिङ गर्दा ४१८ जनामा सिकलसेल एनिमियाका बिरामी पुष्टि भएको जानकारी दिए । उनका अनुसार घोराही र तुलसीपुर उपमहानगरपालिकासँगै लमही नगरपालिका, गढवा, राजपुर, राप्ती र दङ्गीशरण गाउँपालिकामा सिकलसेल बिरामी पहिचान भएका थिए । उनका अनुसार २०७९ सालमा दुई हजार ८०२ जनाको स्व्रिmनिङ परीक्षण गर्दा ३२८ जनामा सिकलसेल एनिमिया पहिचान भएको थियो ।

स्वास्थ्य कार्यालय दाङका प्रमुख आचार्यले लुम्बिनी प्रदेशमा प्रमुख स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल एनिमिया रोगको समाधानका लागि स्थानीय र प्रदेश सरकारले साझा रणनीति बनाएर लाग्न आवश्यक रहेको बताए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सूचना अधिकारी निसानदाजु भट्टराईले प्रतिष्ठानले बिरामीहरूका लागि छुट्टै वार्ड स्थापना गरी फोलिक एसिड र हाइड्रोक्सिसेरिया औषधी निःशुल्क उपलब्ध गराउँदै आएको बताए ।

  • ४ जेष्ठ २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech