स्वास्थ्य पत्रकार मञ्चकी पूर्व अध्यक्ष कल्पना आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’

    • स्वास्थ्य पेज

  • ३ जेष्ठ २०८२, शनिबार

काठमाडौंः स्वास्थ्य पत्रकार मञ्चकी पूर्व अध्यक्ष कल्पना आचार्यलाई रोटरी जर्नो अवार्डले पुरस्कृत गरिएको छ । उनी हेल्थ टिभी अनलाइनकी प्रधान सम्पादक हुन् ।

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले हरेक वर्ष प्रदान गर्दै आएको अवार्डमध्ये यस वर्षको स्वास्थ्य विधामा आचार्य पुरस्कृत भएकी हुन्।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर राजेन्द्र मान शेरचन लगायतका पदाधिकारीले नगद ५१ हजार तथा कदरपत्रबाट उनलाई सम्मान गरे।

स्वास्थ्य क्षेत्रमा रोगको रोकथाम र उपचारका क्षेत्रमा जनचेतना फैलाउन गरेको योगदानको कदर गर्दै आचार्यलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

वरिष्ठ पत्रकार नम्रता शर्माको अध्यक्षतामा गठित समितिले पुरस्कृतहरुको नाम छनौट गरेको थियो ।

  • ३ जेष्ठ २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech