खरबुजाको बियाँ खानुभएको छ ? यस्ता छन् फाइदा

    • स्वास्थ्य पेज

  • १ जेष्ठ २०८२, बिहीबार

गर्मी याममा खरबुजाको खपत निकै बढ्छ । तर हामी खरबुजाको बियाँ भने प्रायः फ्याँकिदिन्छौ । तर यसको बियाँमा शरीरलाई आवश्यक अनेक भिटामिन, खनिज, स्वस्थ बोसो र प्रोटिन पाइन्छ भन्ने कुरा के तपाईंलाई थाहा छ  ? खरबुजाको बियाँलाई सुकाएर वा भुटेर स्न्याक्सको रूपमा त्यत्तिकै कुटुकुटु खान सकिन्छ ।

नेशनल लाइब्रेरी अफ मेडिसिनद्वारा प्रकाशित एक अध्ययनअनुसार खरबुजाको बियाँको तेलले लिपिड प्रोफाइल सुधार गर्न मद्दत गर्छ, साथै यसले खराब कोलेस्ट्रोल कम गर्न र राम्रो कोलेस्ट्रोल बढाउन पनि मद्दत गर्छ । यसको बियाँको तेल मुटुको स्वास्थ्यको लागि पनि फाइदाजनक मानिन्छ । आजको यस लेखमा हामी खरबुजाको बियाँ खाँदाका फाइदाहरूबारे कुराकानी गर्नेछौँ ।

पर्याप्त म्याग्नेसियम

यसको बियाँमा प्रचुर मात्रामा म्याग्नेसियम पाइन्छ । शरीरलाई ऊर्जावान रहन र मांसपेशीहरूलाई आराम दिन यो चाहिन्छ । विशेष गरी गर्मीका दिनहरूमा यो निकै उपयोगी हुन्छ । २८ ग्राम खरबुजामा लगभग १४०–१५० मिलिग्राम म्याग्नेसियम हुन्छ ।

डिहाइड्रेसन रोक्छ 

यी बियाँहरूमा म्याग्नेसियम, पोटासियमको  साथमा थोरै मात्रामा सोडियम पनि हुन्छ । यी खनिजहरूले शरीरको तरल पदार्थ सन्तुलन कायम राख्न र डिहाइड्रेसन रोक्न मद्दत गर्छन् । खरबुजाको बीउमा पाइने खनिजहरूले स्नायु र मांसपेशीको कार्यलाई टेवा दिन्छ, जसले गर्दा तरल पदार्थको कमीले हुने चक्कर लाग्ने, कमजोरी महसुस हुने र तरलको कमीका कारण पेट बाउँडिने जस्ता जोखिम कम हुन्छ ।

प्रोटिनले भरिपूर्ण 

विज्ञहरूका अनुसार २८ ग्राम खरबुजाको बियाँमा लगभग ८–१० ग्राम प्रोटिन हुन्छ । यो प्रोटिनले मांसपेशीको तन्तु पुनर्निर्माण गर्न मद्दत गर्छ र व्यायाम पछि वा गर्मी मौसममा फाइदाजनक हुन्छ ।

पाचन सुधार गर्छ 

यी बियाँमा घुलनशील र अघुलनशील दुवै फाइबर हुन्छन्, जसले नियमित रूपमा शरीरबाट दिशा बाहिर निकाल्न मद्दत गर्छ, कब्जियत रोक्छ र आन्द्राको स्वास्थ्यलाई टेवा दिन मद्दत गर्दछ । खरबुजाको बियाँमा पाइने फाइबरले प्रिबायोटिक्सको रूपमा काम गर्छ, जसले पेटमा राम्रो ब्याक्टेरियाको सङ्ख्या बढाउँछ ।

  • १ जेष्ठ २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech