मलपको प्रतिवेदनः स्वास्थ्य मन्त्रालय र मातहतका निकायको बेरुजु एक अर्ब ७१ करोड

    • स्वास्थ्य पेज

  • १ जेष्ठ २०८२, बुधबार

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकायको बेरुजु एक अर्ब ७० करोड ९५ लाख ६४ हजार रहेको छ। महालेखापरीक्षकको ६२औं प्रतिवेदनले मन्त्रालय र मातहतका निकायको लेखापरीक्षणबाट देखिएको बेरुजु रकम सार्वजनिक गरेको हो। प्रतिवेदन अनुसार सरकारी कार्यालयतर्फ १६ निकायमा २३ करोड ६० लाख रुपैयाँ र संगठित, अन्य संस्था र समिति तर्फ १ अर्ब ४७ करोड ३५ लाख ६४ हजार रुपैयाँ बेरुजु रहेको छ।

‘सरकारी कार्यालय तर्फ ३० करोड ३ लाख ४६ हजार बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि ६ करोड ४३ लाख ४६ हजार फर्स्योट गरेकोले २३ करोड ६० लाख बेरुजु बाँकी रहेको छ’ प्रतिवेदनमा भनिएको छ। यसैगरी संगठित, अन्य संस्था र समिति तर्फ पनि प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि ५ करोड भन्दा बढी रकम फर्स्यौट भएको छ।

‘संगठित, अन्य संस्था र समिति तर्फ १ अर्ब ५३ करोड १२ लाख ७५ हजार बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि ५ करोड ७७ लाख ११ हजार फर्स्यौंट गरेकोले १ अर्ब ४७ करोड ३५ लाख ६४ हजार बाँकी रहेको छ। सोमध्ये२६ करोड ७८ लाख २७ हजार म्याद नाघेको पेस्की रहेको छ’ प्रतिवेदनमा भनिएको छ।

  • १ जेष्ठ २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech