आमालाई रगत दिँदाको सम्झना…

    • स्वास्थ्य पेज

  • १ जेष्ठ २०८२, बुधबार

बाँकेको नेपालगन्जमा रक्त संचार सेवा केन्द्र नभएको समयको कुरा हो । करीब ५१ वर्ष अगाडीको करो रहे छ । बाँके जिल्लाको नेपालगञ्ज बजारको उत्तर दिशा तर्फ पर्ने सुर्जीगाउँका निवासी नन्का कुर्मीको छोरा लालजी कुर्मीले बि.सं. २०३१ सालतिरको कुरा आफनो आमालाई रगत दिएको समयमा रगत दिंदाका सम्झना । ७० बर्षीय लालजी कुर्मीको अनुभव यस प्रकारको रहेको छ ।

मेरो आमा नन्का कुर्मीको पेटमा गोला रहेको थियो । त्यो गोला अंग्रेजीको ए आकारका रहेको थियो । गाउँघरमा कसैले के भन्थे कसैले के भन्थे । त्यो गोलाको चुच्चो छातीमा दुखाई गर्न थालेपछि, आमाले भन्ना लाग्नु भयो मेरो पेटमा के भएछ । दुखी रहेको छ । त्सस समय गाउँघरमा कसैको पेट दुख्यो भने पेटमा मालिस गर्ने गर्दथे । त्यो प्रक्रिया पनि गरियो तर केही गर्दा पनि निको भएन । पछि अब के गरौं । हामी आमालाई तत्कालिन भेरी अञ्चल अस्पताल नेपालगञ्जमा लगेर डाक्टरलाई जाँच गराउँदा डाक्टर साहबले भन्नु यो तपाईको आमाको पुटमा गोला रहेको छ ।

यसको अप्रेशन गर्नु पर्छ अरु कुनै बिकल्प छैन । त्यो समयमा नेपालगञ्जमा रगत परीक्षण गर्ने ब्यवस्था थिएन अब के गर्ने डाक्टर साहबले भन्नु भयो यहाँ रगत परीक्षण गर्ने ब्यवस्था छैन् । तपाई रगत परीक्षण गर्नका लागी सीमावर्ती क्षेत्र भारतको बहराईचमा रहेको सरकारी अस्पतालमा जानुस त्यहाँ मात्र रगतको परीक्षण गरिन्छ । यहाँ यसको ब्यवस्था रहेको छैन् । त्यहाँ रगतको परीक्षण हुन्छ भनेर डाक्टर साहबले सल्लाह दिनुभयो । डाक्टर साहबको सल्लाह अनुसार म आमाको रगत एउटा शिशीमा लिएर बहराईचको सरकारी अस्पतालमा बि.सं २०३१ साल चैत्र महनिाको २६ गते गएँ त्यहाँ रगत परीक्षण गराएँदा प्राविधिकले भने तपाईंको आमाको रगत परीक्षण गर्दा बी पोजेटिभ रहेको छ ।

अब के गर्ने रगतको दिन्छ, के हुन्छ म सोंच्न लागे, एकदम निराश भएँ त्याहँ डाक्टर साहब भन्नु भयो यसमा चिन्ता नलिनुस । मेरो एउटा सल्लाह मान्नुस् । म तपाईंको लागी एउटा रगत दिने मान्छेको ब्यवस्था गर्न सक्छु । म धेरै खुशी भएँ हुन्छ डाक्टर साहब ले भन्नु भयो, तपाईको.आफनो साथमा रक्तदातालाई लिएर जानुस उहाँले रगत दिनुहुन्छ ।

बि.सं २०३१ साल चैत्र महिनाको २७ गते रगत दिने मान्छेलाई म आफनो संगै बहराईचबाट लिएर आए भेरी अञ्चल अस्पतालमा उहाँले रगत दिनु दियो । त्यसपछि म रगत दिने मान्छे रक्तदातालाई खाना खुवाएँ र बहराईच सम्म आतेजातेको भाडा खर्चर पनि दिएँ र फलफूलको लागी त्यो समयमा नेपाली एक सय रुपैयाँ दिएर पठाएँ ।

बि.सं २०३१ साल चैत्र महिनाको २८ गते मेरो आमा नन्का कुर्मीको  भेरी अञ्चल अस्पताल नेपालगञ्जमा करीब ४ बजे साँझा तिर अपे्रसन भयो । अप्रेसन पछि रगत चढाइयो, के कति कारणले गर्दा रगत खस्न बन्द भएन भेरी अञ्चल अस्पताल नेपालगञ्जका डाक्टर साहकले भन्नु भयो अरु रगतको चाहिन्छ । डाक्टर साहबले भन्नु भयो बिरामीको छोरा छ भने उनलाई लिएर आनुस ।

म सुर्जीगाउँ आफनो घर थिएँ मलाई लिनका लागी करीब ११ बजे तिर अस्पतालबाट मान्छे आएँ म अस्पताल पुगे राती करीब १२ बजे तिर आमालाई बचाउनका लागी भेरी अञ्चल अस्पतालमा पुगे । मैले पनि दिएको रगत चढ्यो तर भगवान बि.सं २०३१ साल चैत्र महिनाको २८ गते राती करीब १ बजे तिर मेरो आमा नन्का कुर्मीको मृत्यु भेरी अञ्चल अस्पतालमा भयो ।

जब म रगत दिएर आफ्नो घर सुर्जीगाउँमा आएँ । मलाई गाउँका मान्छेहरु हेर्नका लागी कि लालजी कुर्मीको घरमा आउन्थे । एक बोतल रगत दिएका छन् अब उनी कसरी कामकाज गर्छन । तर आमाको मृत्यु पछि आमाको पीडा त धेरै थियो तर रगत दिंंदा कुनै किसिमको फरक नपरेको बताएका छन् ।

पहिला समयमा आजको समय जस्तो रगतको आवश्यकता कम पर्दथ्यो । अहिले लालजी कुर्मी ७० वर्षका रहेका छन् । उहाँको भनाई रहेको छ स्वस्थ्य ब्यक्तिले आफ्नो १८ वर्षको उमेर देखि नै रक्तदान गर्न शुरुआत गरौं, रक्तदान जीवनदान हो ।

बि.सं.२०३३ साल श्रावण १२ गते नेपालगञ्जमा रगत संकलन गर्ने (ब्लड बैंक) को स्थापना भएको बताइएको छ । रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) नभएको समयमा भारतमा रगत परीक्षण लगायतको काम त्यहींबाट हुने गरेको थियो । रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) स्थापना भएपछि बिरामीहरुलाई सहज भएको छ । अहिले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, लम्बिनी प्रदेश लगायत भारतका बिभिन्न स्थानबाट आएर बिरामीहरु रगतको लागी नेपालगञ्जमा आउने गर्दछन् ।

  • १ जेष्ठ २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech