स्वास्थ्य मन्त्री पौडेलद्धारा भेरी अस्पतालमा जलन वार्ड र सर्जिकल विंग उद्घाटन

    • स्वास्थ्य पेज

  • २१ बैशाख २०८२, आईतवार

नेपालगन्जः भेरी अस्पतालमा आजदेखि जलन वार्डबाट सेवा सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भेरी अस्पतालमा जलन वार्ड र सर्जिकल विंगको उद्घाटन गरेका हुन् ।

सोही अवसरमा मन्त्री पौडेलले सिकलसेल र थालेसिमिया रोगीहरूलाई संक्रामक रोगबाट जोगाउन भेरी अस्पताललाई निःशुल्क खोप समेत हस्तान्तरण गरेका छन् ।

उद्घाटन समारोहमा स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटा लगायतको उपस्थिति थियो।

अस्पतालको नयाँ भवनमा ६ शैयाको जलन वार्ड र १४ शैयाको सर्जिकल विंग सञ्चालनमा आएको छ। यससँगै अब अग्निपीडित बिरामीको उपचारमा सहजता आउने जनाइएको छ।

उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री पौडेलले भेरी अस्पतालले आफ्ना सेवाहरु विस्तार गर्दै लगेकोमा खुसी व्यक्त गरे । उनले भने आमनागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन अस्पतालले आफ्ना सेवाहरु विस्तार गर्दै लगेको पाइएको छ । म अत्यन्तै खुसी छु । मन्त्रालयले भेरी अस्पताललाई गर्नुपर्ने सहयोग गरिरहेको छ । सहयोगको लागि प्रतिवद्धता पनि जनाउँछु ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल

यस्तै स्वास्थ्य सचिव डा.देवकोटाले मन्त्रालयले स्वास्थ्य क्षेत्रको विस्तार र विकासका लागि ध्यान दिएर काम गरेको उल्लेख गरे । पछिल्लो समय मन्त्रालयले अस्पतालको सेवा विस्तारसँगै जनशक्ती र उपकरण व्यवस्थापनमा पनि ध्यान दिइएको उनले उल्लेख गरे ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीले पछिल्लो चार महिनामा अस्पतालमा भएका सुधार र उपलब्धिबारे जानकारी दिएका थिए । त्यसक्रममा उनले १३ वटा सेवा विस्तार गरिएको बताए । ‘सीमित स्रोतसाधनका बीच आवश्यकताका आधारमा हाम्रा सेवाहरुलाई विस्तार गराउने काम भइरहेको छ उनले भने-‘अस्पतालमा आउने विरामी उपचारका लागि फर्किन नपरोस् भन्ने हाम्रो चाहना छ ।’

कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहको अध्यक्षतामा सम्पन्न भएको थियो।

  • २१ बैशाख २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech