नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल आज नेपालगन्ज आउँदैछन् ।
भेरी अस्पतालले आयोजना गरेको कार्यक्रममा सहभागि हुन उनी काठमाडौंबाट नेपालगन्ज आउन लागेका हुन् ।
नेपालगन्जमै बास बस्ने गरी आउन लागेका मन्त्री पौडेलले भोलि विहान भेरी अस्पतालमा सिकलसेल तथा थालेसिमियाका बिरामीलाई संक्रामक रोगबाट जोगाउन आवश्यक खोप हस्तान्तर गर्ने अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले जानकारी दिए ।
त्यसैगरी मन्त्री पौडेलले जलन वार्डको उद्घाटन समेत गर्ने कार्यक्रम रहेको छ ।