नेपालगन्जः नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको अध्यक्षमा जागेश्वर बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् । नेपालगन्जमा आज भएको छैठौं अधिवेशनले बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उनी नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखामा कार्यरत छन् । उनी छैठौं तहका स्वास्थ्यकर्मी हुन् ।
संघको उपाध्यक्षमा ६ जना चयन भएका छन् । कमल प्रसाद, पार्वती सोमै, मोहन देवकोटा, निरञ्जन कुमार थारु, दिनेश नेपाली र प्रेमा शाहीलाई उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
यसैगरी तेज वली सचिवमा, नवीन बुढाक्षेत्री कोषाध्यक्षमा तथा दिवश अधिकारी, गेहेन्द्र जैशी, कृष्ण बहादुर खड्का र किरण वर्मा सहसचिवमा निर्वाचित भएका छन्।
सदस्यहरूमा राजविर वर्णवाल, नागेन्द्र कुमार शाह, नन्दलाल पाण्डे, तेजु कुमारी गौतम, प्रकाश शाह, सन्देश बहादुर शाही र हेमन्त किशोर शर्मा निर्वाचित भएका छन्।