भेरी अस्पतालको मेडिसिन स्टोरमा भएको आगलागी नियन्त्रणमा

    • स्वास्थ्य पेज

  • १३ बैशाख २०८२, शनिबार

समिरमान श्रेष्ठ ।

नेपालगन्ज: नेपालगन्ज स्थित भेरी अस्पतालको मेडिसिन स्टोरमा भएको आगलागी नियन्त्रणमा आएको छ । दमकल सशस्त्र प्रहरीको टोली तथा अस्पतालका कर्मचारीहरुको सहायतामा आगो नियन्त्रणमा आएको अस्पताल प्रशासनले जनाएको छ ।

आज बिहान मेडिसिन स्टोर कक्ष र फार्मेसी तिरबाट आगोको मुस्लो निस्किएको थियो। शनिवार बिदाको दिन भएकाले आगलागी क्षेत्रमा बिरामी तथा कर्मचारीहरुको उपस्थिति थिएन ।

आगलागीको कारण र क्षतिबारे अध्ययन भइरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले स्वास्थ्य पेजलाई बताए ।

रिएजेन्ट, औषधी लगायतका सामानहरु जलेर नस्ट भएको उनले बताएका छन् । फ्रिजमा विद्युत् सर्ट भएका कारण आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

तस्बिरहरु:

  • १३ बैशाख २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech