नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा आगलागी भएको छ ।
आगलागी नियन्त्रणका लागि दमकल परिचालन गरिएको अस्पतालका डा.देवेन्द्र आचार्यले स्वास्थ्य पेजलाई बताए ।
प्रहरी, कर्मचारी, स्वास्थ्यकर्मी लगायत पनि आगो नियन्त्रणमा जुटेका छन् ।
आगलागी कहाँबाट फैलिएको भन्ने वारे थाहा हुन सकेको छैन । तर स्टोर कक्ष र फार्मेसी तिरबाट आगोको मुस्लो निस्किएको छ ।