‘निर्वाह भत्ता खातामा नआउँदासम्म आन्दोलन रोकिँदैन’

    • स्वास्थ्य पेज

  • ११ बैशाख २०८२, बिहीबार

काठमाडौंः आन्दोलनरत आवासीय चिकित्सकको खातामा सरकारी आठौँ तह सरह निर्वाह भत्ता खातामा नआउँदासम्म आन्दोलन नरोकिने बताएका छन् ।

आन्दोलनरत निजी मेडिकलका आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच बिहीबार भएको छलफलमा नेपाल चिकित्सक सङ्घका अध्ययक्ष डा अनिल कार्कीले आवासीय चिकित्सकको खातामा सरकारी सरह निर्वाह भत्ता नआउँदासम्म आन्दोलन नरोकिने जानकारी दिए।

आयोगको १६ औँ बैठक निर्देशन अनुसार सरकारी आठौँ तह बराबरको भत्ता कार्यान्वयन गर्न माग गर्दै निजी मेडिकल कलेजका आवासीय चिकित्सक २९ औँ दिनदेखि आन्दोलनरत छन् ।

उनीहरुको समर्थनमा सङ्घले बिहीबार स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासन कार्यलय घेराउ गर्ने घोषण गरेको थियो ।

आन्दोलनकारीलाई माइतीघरबाट अगाडि बढ्न नदिएपछि सङ्घका प्रतिनिधि, आन्दोलनरत चिकित्सक र स्वास्थ्य मन्त्रालयबिच छलफल भएको थियो ।

सोही क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आयोगको १६ औँ बैठकको निर्देशन निजी सञ्चालकले कार्यान्वयन गराउनै पर्ने बताएका थिए। १६ औँ बैठकको निर्देशन कार्यान्वयन नगरेसम्म तालुकदार मन्त्रालय भएका नाताले निजी मेडिकलको काम अगाडि नबढ्ने बताए ।

  • ११ बैशाख २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech