भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु

    • स्वास्थ्य पेज

  • ९ बैशाख २०८२, मंगलवार

नेपालगन्जः भेरी अस्पतालमा आजदेखि मिर्गौला प्रत्यारोपन सेवा सुरु भएको छ ।

३७ र ४० वर्षीय पुरुषको मिर्गौला प्रत्यारोपण गरेर सेवा सुरु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.निराजन सुवेदीले बताए ।

स्वास्थ्य मन्त्रालयले लुम्विनी प्रदेशमा भेरी अस्पताललाई मिर्गौला प्रत्यारोपन केन्द्रका रुपमा स्थापना गरेसँगै भेरीले सेवा सुरु गरेको हो ।

सहिद धर्मभक्त माथेमा मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक समेत रहेका मिर्गौला प्रत्यारोपण विज्ञ डा पुकारचन्द्र श्रेष्ठ र भेरी अस्पतालका युरोलोजिष्ट डा. दिपेश गुप्ताको संयुक्त टिमले मिर्गौला प्रत्यारोपण सेवा प्रारम्भ गरेको हो ।

  • ९ बैशाख २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech