ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा

    • स्वास्थ्य पेज

  • ६ बैशाख २०८२, शनिबार

गुलरियाः बर्दियाको गुलरिया नगरपालिका वडा नं. १ ले ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई घरघरमा स्वास्थ्य सेवा सुरु गरेको छ । गुलरिया नगरपालिका १ नं. वडा कार्यालय र खैरापुर स्वास्थ्य चौकीको संयुक्त आयोजनामा नागरिकको घरघरमा पुगेर ७० वर्ष उमेर पुगेका नागरिकका लागि घरघरमा स्वास्थय सेवा सुरु गरेको हो ।

७० वर्ष उमेर पुगेका नागकिकहरू स्वास्थ्य संस्थामा आउन समस्या पर्ने भएकाले उनिहरूको घरघरमा पुगेर स्वास्थ्य परीक्षण गरिएको गुलरिया नगरपालिका वडा न.१ का वडाध्यक्ष जोगिराम थारूले बताए ।

स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीहरू घरघरमा गएर ७० वर्ष उमेर कटेका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको र तीन सय २० जनाको स्वास्थ्य परीक्षण गर्दा अधिकांश ज्येष्ठ नागरिकहरूमा दम, सुगर र प्रेसर देखिएको खैरापुर स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक जनकनाथ योगीले बताए ।

शारिरिक असक्त भएका र आर्थिक अवस्था न्यून भएका नागरिकका लागि वडाले नागरिकको घरमा गएर स्वास्थ्य सेवा दिनु सह्नानिय भएको र यसलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको गुलरिया नगरपालिका वडा नं. १ का स्थानीय शिव शर्माले बताए ।

  • ६ बैशाख २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech