डा. झा बने एफइएसजीई उपाधि पाउने पहिलो नेपाली चिकित्सक

    • स्वास्थ्य पेज

  • ५ बैशाख २०८२, शुक्रबार

नेपालगन्ज: नेपाली डा. राकेश कुमार झा युरोपियन सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीबाट एफइएसजीई उपाधि (डिग्री) प्राप्त गर्न सफल भएका छन्। डा. झा एफइएसजीईको डिग्री प्राप्त गर्ने पहिलो नेपाली चिकित्सक हुन् ।

इएसजीइबाट पहिलोपटक एसियाली राष्ट्रका २ जना डक्टरले यो डिग्री पाएका छन्। नेपालका डा. झासँगै भारतका नागेश्वर रेड्डीले पनि एफइएसजीइ डिग्रीको उपाधि पाएका हुन्।

डा. झा वीरगञ्जस्थित ग्यास्ट्रो लिभर क्लिनिक इन्डोस्कोपी सेन्टरका सञ्चालक हुन्। ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीको क्षेत्रमा अनुसन्धान, व्यवसायिक सेवा, शिक्षा तथा क्लिनिकल सेवामार्फत महत्वपूर्ण व्यवसायिक उपलब्धी र उत्कृष्ट दक्षताप्राप्त गरेका व्यक्तिलाई यो डिग्री प्रदान गरिन्छ ।

आफ्नो पेशागत यात्रामा यो एफइएसजीइ डिग्रीलाई एउटा महत्वपूर्ण उपलब्धि ठानेका डा. झाले यो उपाधि विश्व-चिकित्सा क्षेत्रमा नेपाललाई जोड्न र चिनाउन सहयोगी सिद्ध हुने विश्वास पनि व्यक्त गरेका छन् ।

डा. झा भन्छन्, ‘एफइएसजीइ उपाधी मेरा लागि मात्र नभई देशकै लागि गर्वको कुरा हो। यसले विश्व-चिकित्सा क्षेत्रमा नेपालको परिचय स्थापित गर्न मद्दत पुर्‍याउछ।’

यो डिग्री प्राप्त गर्न इएसजीइमा कम्तीमा १० वर्ष आबद्ध हुनुका साथै मोड्युल-१ र मोड्युल-२ सफलतापूर्वक पूरा गरेको हुनुपर्छ।

डा. झाले जेनरल इन्फर्मरी लिड्स् युनिभर्सिटी युकेबाट सन् २०१३ मा मोड्युल-१ र एसियन इन्स्टिच्युट अफ ग्यास्ट्रोइन्टेरोलोजी हैदरावाद, भारतबाट सन् २०१७ मा मोड्युल-२ पूरा गरेका हुन्।

यो वर्ष इएसजीइबाट डा. झासहित १२ जनाले यो डिग्री प्राप्त गरेका छन्।

  • ५ बैशाख २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech