नेपालगन्ज: नेपालगन्ज न्यूरो एण्ड जनरल अस्पतालमा “Hands-On Workshop on Regional Anesthesia” विषयक कार्यशाला सफलता पूर्वक सम्पन्न भएको छ। सो कार्यशालामा सिभिल सर्भिस हस्पिटल / URAN का विशेषज्ञ प्रोफेसर डा. अनुज जङ्ग रायमाझीज्यूको प्रमुख प्रशिक्षणमा कार्यक्रम सञ्चालन गरिएको थियो।
उक्त कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक डा. जोशन न्यौपाने, आमन्त्रित विशिष्ट अतिथि प्रोफेसर डा. रेशम राणा, प्रोफेसर डा. निर्मल ज्ञवाली तथा बाँके, कैलाली लगायत विभिन्न जिल्लाबाट आमन्त्रित विशेषज्ञ चिकित्सकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले Regional Anesthesia सम्बन्धी नवीनतम जानकारी, प्रविधि र व्यावहारिक अनुभव आदान–प्रदान गरेका थिए।
यस कार्यशालाले चिकित्सा शिक्षाको क्षेत्रमा, विशेषतः Regional Anesthesia को अभ्यास र प्रविधिगत विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ।
नेपालगन्ज न्यूरो एण्ड जनरल अस्पतालले यस्ता शैक्षिक तथा व्यावसायिक विकासका कार्यक्रमहरू भविष्यमा पनि निरन्तर आयोजना गर्दै जाने प्रतिबद्धता प्रकट गर्दछ।