हड्डी बलियो र स्वस्थ राख्न क्याल्सियम सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । तर क्याल्सियम मात्र होइन, अन्य पोषक तत्त्वको कमीले पनि हड्डी कमजोर हुन सक्छ ।
भिटामिन ‘डी’को कमी
भिटामिन ‘डी’ले शरीरमा क्याल्सियमको अवशोषण बढाउन मद्दत गर्छ । यसको कमीले हड्डीमा क्याल्सियमजम्मा हुन सक्दैन । जसले गर्दा हड्डी कमजोर हुन थाल्छ । यसले ओस्टियोपोरोसिस, हड्डी दुख्ने र सुन्निने जस्ता समस्याहरू निम्त्याउन सक्छ ।
म्याग्नेसियमले हड्डीको संरचनालाई बलियो बनाउँछ । हड्डीहरूलाई स्वस्थ राख्न यसले क्याल्सियमसँग मिलेर काम पनि गर्छ । यसको कमीले हड्डी कमजोर हुन सक्छ । यसले हड्डीको घनत्व घटाउँछ र जोर्नी दुख्न सक्छ ।
फस्फोरसको कमी
प्रोटिनको कमी
प्रोटिनले हड्डीका कोषहरू निर्माण र मर्मत गर्न मद्दत गर्छ । यसको कमीले हड्डीको तागत घट्छ । प्रोटिनको कमीले हड्डी भाँचिने र मांसपेशी कमजोर पनि हुन सक्छ ।
त्यसो भए के खानुपर्छ ?
- भिटामिन ‘डी’को लागि:
घाममा समय बिताउनुस् ।
फोर्टिफाइड दूध र अन्न खानुस् ।
साल्मन र टुना आदिको सेवन गर्नुस् ।
- म्याग्नेसियमको लागि:
पालुंगो, ब्रोकाउली जस्ता हरियो पातदार तरकारी खानुस् ।
बदाम र नट्सको सेवन गर्नुस् ।
बोक्रा नफ्याँकी अन्न खानुस् ।
- फस्फोरसको लागि:
दूध, दही, चीज जस्ता दुग्धजन्य पदार्थ सेवन गर्नुस् ।
मासु र माछा खानुस् ।
फलफूल खानुस् ।
- प्रोटिनको लागि:
अण्डा र कुखुराको मासु खानुस् ।
भटमास र दाल खानुस् ।
दही र चिज पनि खानुहोस् ।
हड्डी बलियो बनाउन क्याल्सियम मात्र होइन, भिटामिन डी, म्याग्नेसियम, फस्फोरस र प्रोटिन पनि आवश्यक हुन्छ । यी पोषक तत्वहरू सही मात्रामा प्राप्त गर्न, सन्तुलित र स्वस्थ जीवनशैली अपनाउनुपर्छ । यसबाहेक हड्डी बलियो बनाउन पोषक तात्वले भरिपूर्ण आहार खानुपर्छ । नियमित रूपमा व्यायाम र योगले हड्डी बलियो बनाउन मद्दत गर्छ । धूम्रपान र मदिरा सेवन नगर्नुस् । यी बानीले हड्डीहरूलाई कमजोर बनाउन सक्छ ।