कोहलपुरः नेपाल स्वास्थ्यकर्मी संघ कोहलपुर नगर समितिको अध्यक्षमा दिलबहादुर घर्ती सर्वसम्मत भएका छन् । उनी दोस्रो अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत भएका हुन् । कोहलपुर सभाहलमा भएको अधिवेशनले घर्तीको अध्यक्षतामा नमुना पाण्डे, राधिका गैरे, टोपकुमारी उपाध्याय, अजयव बर्णवाल र विना चालिसेलाई उपाध्यक्षमा चयन गरेको छ ।
त्यसैगरी सचिवमा शिव गौतम, सहसचिवमा यशोदा केसी, बेदकुमारी रेग्मी, कर्ण बहादुर शाही र आदित्य चौधरी चयन भएका छन् । कोषाध्यक्षमा भने पदम बहादर थारु चयन भएका छन् । यस्तै सदस्यहरुमा राम सेवक थारु, नन्दकला खड्का, रामकुमारी चन्द, सरिता मैनाली, शान्ती गहतराज, मेघा बिक, प्रकाश विश्वकर्मा र मति कुमारी बुढा आले चयन भएका छन् ।
कृष्ण बहादुर खड्काको अध्यक्षता एवम् नेपाली कांग्रेस कोहलपुर नगर समिति सभापति वीरेन्द्र कुमार शाहको विशेष उपस्थिति भएको अधिवेशन उद्घाटन कार्यक्रममा हेपोन जिल्ला सचिव तेज वली, अधिवेशन समिति संयोजक दुर्गा गौतम, जागेश्वर बस्नेत लगायतले आआफ्नो धारणा राखेका थिए ।
उनीहरुले नवगठित समितिलाई स्वास्थ्य क्षेत्रमा प्रभावकारी सेवा प्रवाहका लागि भूमिका खेल्न आग्रह गरेका थिए । कार्यक्रमको संचालन कोहलपुर नगर स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले गरेका थिए ।