राप्ती प्रतिष्ठानको एमआरआई सेवा बन्द हुँदा बिरामी मर्कामा

    • स्वास्थ्य पेज

  • १८ चैत्र २०८१, मंगलवार

नेपालगन्जः दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालनमा रहेको एमआरआई मेसिन सेवा अवरुद्ध भएको छ। एमआरआई सेवा बन्द हुँदा बिरामीहरु समस्यामा परेका छन्।

प्रतिष्ठानले एमआरआई मेसिन आपूर्ति गर्ने कम्पनीले सफ्टवेयर अपडेट नगरेका कारण सेवा अवरुद्ध भएको जनाएको छ। प्रतिष्ठानले सफ्टवेयर अपडेट गर्न आवश्यक काम अगाडि बढाइएको पनि जनाएको छ।

‘प्रतिष्ठानलाई एमआरआई मेसिन आपूर्ति गर्ने आपूर्तीकर्ता लुम्बिनी हेल्थ केयर प्रालीले प्रतिष्ठानसँग गरेको सम्झौता बमोजिम उक्त मेसिनको लाइफटाइम अवधिभर निस्शर्त सफ्टवेयर अपडेट गर्नु पर्नेमा सो नगरेका कारण हाललाई एमआरआई सेवा अवरुद्द भएको र सफ्टवेयर अपडेट गर्न/गराउन आवश्यक कारबाही अगाडी बढाइएको ब्यहोरा सम्पूर्ण सरोकारवालाहरूलाई सूचित गरिन्छ’ प्रतिष्ठानद्वारा जारी सूचनामा भनिएको छ।

मेसिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालीका अध्यक्ष पोष्टराज ज्ञवालीले प्रतिष्ठानले तीन वर्षदेखि दिनुपर्ने २० प्रतिशत रकमको भुक्तानी नगरेका कारण सफ्टवेयर अपडेट नभएको जानकारी दिए। उनले प्रतिष्ठानले रकम उपलब्ध गराएको भोलिपल्टनै सफ्टवेयर अपडेट हुने पनि बताए।

  • १८ चैत्र २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech