सोसाइटी अफ डर्माटोलोजिस्टको अध्यक्षमा डा.मनिषा सिंह

    • स्वास्थ्य पेज

  • १७ चैत्र २०८१, सोमबार

काठमाडौं: छाला रोग विशेषज्ञहरुको संस्था सोसाइटी अफ डर्माटोलोजिस्ट, भेनेरोलोजिस्ट एण्ड लेप्रोलोजिस्ट अफ नेपालको नयाँ कार्यसमिति चयन भएको छ ।

शुक्रबार काठमाडौंमा सम्पन्न १९ औं राष्ट्रिय सम्मेलनको बैठकले डा.मनिषा सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा प्रा.डा.दिपतारा पाठक थापा, महासचिवमा डा.अदिती मिश्र, संयुक्त सचिवमा डा.मोहन भुसाल, कोषाध्यक्ष डा.सूचना मराठा र सम्पादक प्रमुखमा डा.विकास पौडेल चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा डा.रुपक घिमिरे, डा. रामज्ञान यादव, डा. प्रिया भुसाल र डा. अमृता श्रेष्ठ चुनिएकी छिन् ।

उक्त सम्मेलनमा नयाँ कार्यसमितिको गठनसँगै दीर्घ छाला रोग, दुलर्भ छाला रोग, कुष्ठ रोग र यौन रोग सम्बन्धी १०० भन्दा बढी शोधपत्रको प्रस्तुती समेत भएको थियो ।

नेपाल, भारत, बेलायत, अमेरिका र म्यानम्यार लगायत स्वदेशी तथा विदेशी ८० विशेषज्ञ र ३०० बढी स्वदेशी तथा विदेशीहरूको सहभागिता थियो ।

  • १७ चैत्र २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech