सेती अस्पताललाई संघीय अस्पतालमा परिणत गर्न संघीय सरकारलाई पत्रकार

    • स्वास्थ्य पेज

  • १६ चैत्र २०८१, आईतवार

नेपालगन्जः सुदूरपश्चिम सरकारले प्रदेश मातहतमा रहेको सेती प्रादेशिक अस्पताललाई संघीय अस्पतालमा परिणत गर्दै सञ्चालन गर्न संघीय सरकारलाई पत्राचार गरेको छ। सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद बैठकले सेती अस्पताललाई संघीय अस्पतालका रुपमा परिणत गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

‘सुदूरपश्चिम प्रदेश सरकार मातहत सञ्चालित सेती प्रादेशिक अस्पताललाई सो अस्पतालमा कार्यरत जनशक्ति व्यवस्थापन सहित गेटा अस्पतालमा विशिष्टिकृत सेवा रहने गरी संघीय अस्पतालका रुपमा परिणत गर्न नेपाल सरकारलाई अनुरोध गर्ने,’ सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषदको निर्णयमा भनिएको छ । मन्त्रिपरिषदको सोही निर्णय अनुसारको पत्र सुदूरपश्चिम सरकारले संघीय स्वास्थ्य मन्त्रालयलाई पठाएको छ ।

आएको आवश्यक फाइल संघीय स्वास्थ्य सचिव डा विकास देवकोटालाई आइतबार बुझाइएको छ । सुदूरपश्चिम सरकारले गेटामा प्रस्तावित विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गर्न समेत सहज हुने र गेटा अस्पतालमा विशिष्टिकृत सेवा रहने गरी सेती प्रादेशिक अस्पताललाई संघीय अस्पतालका रुपमा परिणत गर्न अनुरोध गरेको मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ। सेती अस्पताल हाल ५० शय्या क्षमतामा सञ्चालित छ। अस्पतालमा हाल विभिन्न पदमा गरेर ५१३ जना कर्मचारी कार्यरत छन्।

 

  • १६ चैत्र २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech