कहाँ भूमिगत भए राजावादी आन्दोलनका कमाण्डर मेडिकल व्यवसायी दुर्गा प्रसाई ?

    • स्वास्थ्य पेज

  • १६ चैत्र २०८१, आईतवार

नेपालगन्जः राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर प्रसाईलाई पक्राउ गर्न नेपाल प्रहरीले खोजी जारी राखेपनि अहिलेसम्म पक्राउ परेका छैनन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार रातिदेखि खोजिरहे पनि उनी अझै भेटिएका छैनन्। उनी गैरीगाउँबाट मोबाइल अफ गरेर फरार रहेको प्रहरीले जनाएको छ।

उनलाई हिंसात्मक गतिविधि गर्न प्रोत्साहन गरेको, दुईजनाको मृत्यु हुनेगरी भएको घटनाको जिम्मेवारका साथै आफैँले चलाएको गाडीले किचेर ड्युटीमा तैनाथ प्रहरीहरुलाई हत्या गर्ने प्रयास गरेको आरोप समेत छ। प्रसाई मेडिकल व्यवसायी हुन्। उनले झापामा बी एण्ड सी मेडिकल कलेज सञ्चालन गरेका छन्।

  • १६ चैत्र २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech