काठमाडौंः राजावादीहरुको आन्दोलन उग्र बन्दा भएको झडपमा घाइते भएकाहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार सुरु भएको छ ।
गोली लागेका दुई सहित ४ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ।
राजावादी आन्दोलनका क्रममा गोली लागेको एकको अवस्था गम्भीर छ।
अस्पतालका निर्देशक बद्री रिजालका अनुसार ती व्यक्तिको पेटमा गोली लागेको छ र आकस्मिक शल्यक्रिया भइरहेको छ।
अर्का एक जनाको भने कुममा गोली लागेको छ। अन्य दुईजना भने झडपमा परी घाइते भएकाहरु हुन्।