काठमाडौंः तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ ।
उक्त भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका एभिन्युजका पत्रकार सुरेश रजकको मृत्यु भएको हो।
प्रहरी र राजवादीको झडपमा उक्त भवनमा आगजनी भएको थियो। उक्त समयदेखि सम्पर्कविहिन रजक शव जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। एभिन्युजका अनुसार दोस्रो तलामा उनको शव छ ।