नेपालगन्जः ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बिभिन्न स्थानमा आयोजित बृहत रक्तदान कार्यक्रममा महिला पुरुष गरी ७ सय ९५ जनाले रक्तदान गरेका छन् ।
प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा खजुरा गाउँपालिका वार्ड नं.–७ खजुरा बजार स्थित रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको प्राङ्गणमा रहेको नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित रक्त सञ्चार इकाई केन्द्रमा आयोजित रक्तदान कार्यक्रममा १ सय २ जनाले रक्तदान गरेको खजुराका प्रमुख होमराज गिरीले बताए ।
चैत ११ गते बैजनाथमा आयोजित रक्तदान कार्यक्रममा १८१ जना, चैत १२ गते कोहलपुरमा आयोजित रक्तदान कार्यक्रममा १ सय २३ जना, चैत १३ गते नेपालगन्जमा आयोजित रक्तदान कार्यक्रममा १ सय ८३ जना र चैत १४ गते राप्तीसोनारीमा २ सय ६ जना र खजुरामा आयोजित रक्तदान कार्यक्रममा १ सय २ जनाले रक्तदान गरेका थिए ।
सहकारीले आयोजना गरेका कार्यक्रममा ७ सय ९५ जनाले रक्तदान गरेको प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताए ।