कमैयाडाँडा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ल्याव सेवा सुरु

    • स्वास्थ्य पेज

  • १२ चैत्र २०८१, बुधबार

नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं.६ कमैयाडाँडास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ल्याव सेवा सुरु भएको छ । उक्त सेवाको बुधवार एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले सुभारम्भ गरे । पालिका अध्यक्ष पौडेलले पालिकाका सबै नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन स्वास्थ्य सेवालाई स्तरीय बनाउने काम भइरहेको बताए । ‘कुनैपनि नागरिकहरु सामान्य ल्याव परीक्षणका लागि सदरमुकाम जान नपरोस् भन्ने गाउँपालिकाको उद्देश्य हो उनले भने–‘सवै आधारभूत स्वास्थ्य संस्थामा ल्याव सेवा संचालन गर्ने गरी काम भइरहेको छ ।’

यस्तै गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले पनि ल्याव सेवा सुरु भएपछि सबैभन्दा बढी लाभ महिलाहरुले लिने वताइन् । उनले ल्याव परीक्षण अभावमा आर्थिक रुपमा विपन्न समुदायका महिलाहरु रोग पालेर बस्ने गरेको बताइन् । जसका कारण समयमै रोगको पहिचान नहुँदा थुप्रै महिलाहरुले जटिलता खेप्नु परेको अवस्थामा अव गाउँघरमै रहेको स्वास्थ्य संस्थाबाट ल्याव सेवा पाउँदा रोगको पहिचान र समयमै निदानमा सहजता भएको उनको भनाइ छ । पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले उक्त ल्यावबाट १३ प्रकारका रोगहरुको परीक्षण हुने जानकारी दिए ।

हेमोग्लोविन, मलेरिया, डेंगी, टिवी, हेपटाइटिस बी, हेपटाइटिस सी, एचआइभी, मिर्गौला लगायतको परीक्षण गरिने उनले बताए । अव राप्तीसोनारीका ६ वटा स्वास्थ्य संस्थामा ल्यावसहितको उपचार सेवा विस्तार भएको केसीले बताए । यसअघि राप्तीसोनारी अस्पताल, महादेवपुरी, विनौना, कचनापुर र खासकुश्मा स्वास्थ्य संस्थामा ल्याव सेवा विस्तार भइसकेको छ । वडा अध्यक्ष लवराज खरेलको सभापतित्वमा भएको कार्यक्रमको संचालन स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज नियामत अलि साइले गरेका थिए ।

  • १२ चैत्र २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech