कोहलपुरः कोहलपुरलाई पूर्णखोप सुनिश्चित गर्न सबैको सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिइएको छ । कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखाले नियमित खोप सुदृढिकरण पूर्ण खोप सुनिश्चितता र दिगोपना तथा सुक्ष्म योजना अध्यावधिक र सरसफाइ प्रवद्र्धन कायक्रमका सहभागिहरुले सबैको एक्यबद्धताले मात्रै कोहलपुरलाई पूर्णखोप सुनिश्चिततासँगै दिगोपना कायम हुने बताए ।
नगरपालिकाभित्र रहेका १५ वटै वडाका बालबालिकाहरुलाई जन्मदेखि १५ महिनासम्म नियमित खोप प्रदान गर्नुका साथै छुटपुट भएका बालबालिकाहरुलाई समेत खोप प्रदान गरेर पूर्णखोप सुनिश्चतता गर्ने लक्ष्य रहेको नगर स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले जानकारी दिए ।
उनका अनुसार पूर्णखोप सुनिश्चतताको लागि सबैको साथ सहयोगले छुटेका बालबालिकालाई समेत १६ महिना देखि ६९ महिनासम्मका बालबालिकालाई स्वास्थ्यकर्मी खटाई पूर्ण सुनिश्चतता गर्न दिगोपनाका लक्ष्यका साथ अघि बढ्ने उनको भनाइ छ । अहिले पनि अझै १६ प्रतिशत बालबालिका पूर्णखोप नपाएको उनले बताए । खोपका कारण दिगो विकास लक्ष्य अनुसार बालबालिका र महिला मृत्युुमा कमी ल्याउन सकिने पनि उनले जानकारी दिए ।
खोप प्राथमिकताका साथ लगाउनुपर्ने कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद विश्वर्माले बताए । विश्वकर्माले मानव जीवन रक्षामा खोप अतिआवश्यक रहेको जानकारी दिए । तीनै तहको सरकार पूर्णखोप सुश्चितता गर्न जिम्मेवारपूर्वक लागी परेको बताउँदै उनले स्वास्थ्यकर्मी र जनप्रतिनिधि सबैको उतिकैँ महत्वपूर्ण भुमिका रहने समेत बताए ।
खोप रोग लाग्न बाट बचाउन पूर्व लगाइने मानव जीनको लागि महत्वपूर्ण कुरा रहेको उनको भनाइ छ। मंगलवार कोहलपुर नगरपालिका–२ मा आयोजित कार्यक्रममा वडाध्यक्ष, वडा सचिव, स्वास्थ शाखा प्रमुखहरुको सहभागीतामा रहेको जनस्वास्थ्य निरीक्षक अमृत रानाले बताए ।