मेडिकलको आडमा लागुऔषधको धन्दा गर्ने शाही पक्राउ

    • स्वास्थ्य पेज

  • ११ चैत्र २०८१, मंगलवार

नेपालगन्जः मेडिकलको आडमा लागुऔषध कारोबार गरेको आरोपमा सुर्खेत प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ७, मिलन चोकमा ‘स्मरण’ मेडिकल सञ्चालन गरिरहेका कालिकोट तिलागुफा नगरपालिका ६ का ३२ वर्षीय नन्दबहादुर शाही रहेका छन्।

लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले सोमबार साँझ सात बजे शाहीलाई उनकै मेडिकलबाट पक्राउ गरेको हो। प्रहरीले उनको मेडिकलभित्र ड्रममा चामल राखेर त्यसभित्र लुकाई राखिएको अवस्थामा ४ हजार ८ सय लागुऔषध (ट्रामाडोल) ट्याब्लेट बरामद गरेको हो। मेडिकल पसलको आडमा शाहीले लागुऔषध बेच्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी रुपेश खड्काले जानकारी दिए।

‘मेडिकलको नाममा उनले विगतदेखि नै लागुऔषधको कारोबार गर्दै आएका रहेछन्। हिजो प्रहरीले उनलाई ट्रामाडोल नामक लागुऔषधसहित पक्राउ गरेर अनुसन्धान थालिएको छ,’ एसपी खड्काले भने। यसअघि पनि दुई पटक लागुऔषध कारोबारमा पक्राउ परेका शाहीबारे प्रहरीले पुराना मुद्दाहरूबारे पनि अध्ययन गरिरहेको छ।

  • ११ चैत्र २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech