बीमा कार्यक्रम खारेज हैन व्यवस्थित बनाइन्छ : मन्त्री पौडेल

    • स्वास्थ्य पेज

  • ८ चैत्र २०८१, शनिबार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई खारेज हैन, थप प्रभावकारी तथा व्यवस्थित बनाउदै लगिने बताएका छन् ।

शनिवार नेपालगन्जमामा भएको कांग्रेस कार्यकर्ता भेटघाटमा पार्टीका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री पौडेलले आमनेपाली जनताको स्वास्थ्य अवस्था माथि उठाउदै उनीहरुलाई उपचार सेवामा बढीभन्दा बढी सहयोग गर्ने उद्देश्यले बीमा कार्यक्रमलाई घरदैलोसम्म पुर्‍याउने सरकारको योजना रहेको बताए ।

बाँके कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेलामा युवा नेता पौडेलले नीजि अस्पताललाई मालिकको तजबिजले चलाउने र श्रम शोषण गर्ने प्रवृति सरकारलाई सह्य नहुने पनि प्रष्ट पारे । ‘हामी अस्पतालको बेथिति हटाउन निर्मम भएर अघि बढेका छौ’—मन्त्री पौडेलले भने ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला सचिव सुधांशु कोइरालाले संचालन गरेको कार्यक्रममा पार्टीका लुम्विनी प्रदेश सदस्य अञ्जना पाण्डे, परमेश्वरी पाठक, पार्टी जिल्ला उपसभापतिद्धय गोपालप्रसाद अधिकारी, कृष्ण कार्की लगायतको उपस्थिति रहेको थियो ।

  • ८ चैत्र २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech