गेटा अस्पतालको निर्देशकमा डा प्रमोद यादव नियुक्त

    • स्वास्थ्य पेज

  • ६ चैत्र २०८१, बिहीबार

नेपालगन्जः धनगढीस्थित गेटा अस्पतालको निर्देशकमा सर्जन डा प्रमोद यादव नियुक्त भएका छन्।

यादव चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १० औं तहमा कार्यरत छन्। उनले यसअघि राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट भएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै डा यादवलाई निर्देशकको जिम्मेवारी दिएका हुन्।

गेटामा यसअघि डा अशोक श्रीपाइली निर्देशक थिए। तर उनले गत माघ ६ गते नै पदबाट राजीनामा दिएका थिए। डा श्रीपाइलीले तीन महिनामा नै निर्देशकबाट राजीनामा दिएका थिए। त्यसयता गेटामा निर्देशक पद खाली थियो।

  • ६ चैत्र २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech