कलेज अफ अलाइड र कैलपाल कलेजको संयुक्त रक्तदानः दिए १०८ जनाले रगत

    • स्वास्थ्य पेज

  • ५ चैत्र २०८१, बुधबार

नेपालगन्जः नेपालगन्जमा बुधवार वृह्द रक्तदान गरिएको छ । कलेज अफ अलाइड र कैलपाल कलेजको संयुक्त आयोजनामा नेपालगन्ज उपमहानगरपालिका–१८ स्थित भुजइँ गाउँमा रहेको कलेज अफ अलाइडको नवनिर्मित भवनमा रक्तदान गरिएको कलेजका प्रिन्सिपल समेत रहेका कार्यक्रम संयोजक शिशिर सापकोटाले जानकारी दिए । उनका अनुसार १०८ जनाले रक्तदान गरेका छन् ।

रगतको अभावमा कुनैपनि मानिसले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम गरिएको सापकोटाले बताए । कैलपाल कलेजका प्रिन्सिपल दीपक शर्माको अध्यक्षता एवम् कलेजका प्रवन्ध निर्देशक संजय सिंहको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम भएको हो । त्यसक्रममा प्रवन्ध निर्देशक सिंहले मानवीय सेवाका लागि रक्तदान महत्वपूर्ण भएको बताए ।

रक्तसंचार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले पनि रक्तदान गर्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको बताए । उनले रक्तदानलाई नियमित गर्न समेत रक्तदाताहरुसँग आग्रह गरे । कलेज अफ अलाइडका डाइरेक्टर रेवती सिंहले रक्तदानमा विद्यार्थीहरु उत्साहित देखिएको भन्दै खुसी व्यक्त गरिन् । कार्यक्रममा करिव तीन सय विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

  • ५ चैत्र २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech