नेपालगन्जः सल्यानको त्रिवेणी तिर्थस्थल धाममा जेष्ठ नागरिकलाई लक्षित गरेर कान चेकजाँच शिविर गरिएको छ ।
त्रिवेणी गाउँपालिका लुहाम सल्यानको आयोजनामा जेष्ठ नागरिक संरक्षण तथा प्रवर्धन कार्यक्रम अन्तर्गत भएको शिविरमा १४७ जनाको कानको चेकजाँच गरिएको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्जका आउट रिच इन्चार्ज तथा वरिष्ठ कान सहायक भीषण कुमार थारुले जानकारी दिए ।
शिविरमा आएका जेष्ठ नागरिकहरुको थारुसहित कान सहायक दामोदर चौधरीले चेकजाँचसँगै परामर्श सेवा दिएका थिए । ५८ जना पुरुष र ८९ जना महिलाको कानको चेकजाँच गरिएको उनले बताए ।
उनीहरुमा कान कम सुन्ने र कान पाक्ने समस्या बढी देखिएको थारुले बताए । कान कम सुन्ने २६ जनालाई श्रवण यन्त्रका लागि रिफर गरिएको थारुले बताए ।