सेन्ट्रल सिटि हस्पिटलले यसरी मनायो बिश्व मिर्गौला दिवस

    • स्वास्थ्य पेज

  • २९ फाल्गुन २०८१, बिहीबार

नेपालगन्ज: आज बिश्व मिर्गौला दिवस । मिर्गौला स्वास्थ्यबारे सचेतना फैलाउने कार्यक्रम गरि मनाइएको छ । दिवसको अवसरमा नेपालगन्जमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।

सेन्ट्रल सिटि हस्पिटल एन्ड किरण प्रभा यूरोकेयर सेन्टर प्रालिले मिर्गौला स्वास्थ्यबारे परामर्श, नियमित चेकजाँचमा विशेष छुट, बिरामीलाई फलफूल वितरण लगायतका कार्यक्रम गरेको छ । तपाईंको मिर्गौला स्वस्थ छ ? भन्ने थिममा यो वर्षको विश्व मिर्गौला दिवस मनाइएको हो। सेन्ट्रल सिटि हस्पिटलले दिवसको अवसरमा हस्पिटलमा आएका सेवाग्राहीहरुलाई मिर्गौला स्वस्थ राख्ने तवरतरिकाबारे जानकारी प्रदान गरेको छ ।

हस्पिटलका कन्सलटेन्ट यूरोलोजोष्टि डा.दिपेश गुप्ताले मिर्गौला स्वास्थ्यबारे सचेतना फैलाउने उद्देश्य कार्यक्रम गरिएको बताए । हस्पिटलले विगतका वर्षहरुमा पनि कार्यक्रम गर्दै आएको बताउदै यो वर्ष पनि निरन्तरता दिइएको बताए ।

त्यसक्रममा यूरोलोजिष्ट डा बिपिन गुरागाइँ, मेडिकल अफिसर डा दिपक जैशवाल लगायतले पनि मिर्गौलाको जोखिम, लक्षण, चिन्ह, जोगिने उपाय लगायतकाबारेमा जानकारी दिएका थिए । दिवसको अवसरमा हस्पिटलले आज ओपिडी सेवा निस्शुल्क दिनुका साथै ल्यावमा २५५ छुट दिएको हस्पिटलका म्यानेजर किरण एरीले जानकारी दिए ।

कार्यक्रममा अस्पतालका अध्यक्ष डा.रवि चौरासिया, प्याथोलोजिष्ट डा.सर्मिला गुप्ता लगायतको उपस्थिति थियो ।

  • २९ फाल्गुन २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech